PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश १ मा  ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा  ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पुष्टि भएका संक्रमितमध्ये मोरङमा १३४, झापामा ११८, सुनसरीमा १०२, उदयपुरमा १५, धनकुटामा ११, इलाममा ३, संखुवासभामा २, तेह्रथुममा १ र प्रदेश १ बाहिरका १५ जना भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६२, उर्लाबारीमा १६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ९, बेलबारीमा ८, रतुवामाईमा ६, रंगेलीमा ५, लेटाङ र केराबारीमा ३/३, कटहरीमा २, बुढीगंगा, धनपाल, मिक्लाजुङ, ग्रामथान र सुनबर्षीमा १/१ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, झापाको दमकमा ४८, विर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५/५, शिवसताक्षी र भद्रपुरमा ३/३, कनकाई र मेचीनगरमा २/२ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ४८, इटहरीमा २९, बराहक्षेत्र र इनरुवामा ६/६, रामधुनी र बर्जुमा ५/५, दुहवीमा २ र भोक्राहानरसिंहमा १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

उदयपुरको त्रियुगामा १४, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १० र साँधुरीगढीमा १, इलामको चुलाचुलीमा २ र देउमाईमा १, संखुवासभाको धर्मदेवी र मादीमा १/१, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीवार १ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १५९ महिला र २४२ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको छ भने हालसम्म १ लाख ६६ हजार १०३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीवार ५९५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा होमआईसोलेसनबाट ५६३ रहेका छन्। त्यस्तै, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५,  जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज, बैजनाथपुर आईसोलेसन, वि.जेनरल अस्पताल हरिनगर र धाईजन आईसोलेसन केन्द्र र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २/२ जना डिस्चार्ज भएका हुन। प्रदेश १ मा कोरोना संक्रमणबाट मुक्त भइ हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ६९५ पुगेको छ।

९ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा २ महिलासहित ४ जनाको मृत्यु भएको छ।

त्यस्तै, झापामा १ महिला, मोरङमा १ पुरुष र प्रदेश बाहिरका ३ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २२० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell