PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

सामान्य घरायसी विवाद हुँदा श्रीमानको हत्या, श्रीमती पक्राउ



रासस

सामान्य घरायसी विवाद हुँदा श्रीमानको हत्या, श्रीमती पक्राउ

सल्यान : प्रहरीले श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई प्रक्राउ गरेको छ। कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीको हत्या अभियोगमा उनकी श्रीमती ४३ वर्षीया इश्वरी कामीलाई प्रहरीले पक्राउ गरेको हो।

बुधवार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकोमा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि बिहीवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घरयासी झगडा भइरहने र इश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि इश्वरीले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।

आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक वलीले जानकारी  दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell