PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

१० लाख घुस लिएको अभियोगमा विद्युत् प्राधिकरणका इञ्जिनियर पक्राउ



रासस

१० लाख घुस लिएको अभियोगमा विद्युत् प्राधिकरणका इञ्जिनियर पक्राउ

हेटौँडा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले १० लाख रुपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनियर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ। हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाइएको छ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरेको हो। ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनियर जैसवालले १० लाख रुपैयाँ मागेका थिए। उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell