PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



रासस

गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

पोखरा : गण्डकी प्रदेशमा २७९ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ।

प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

पछिल्लो २४ घण्टामा १४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ८०२ जना पुगेको छ। प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार ६४५ छ भने मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell