PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इन्द्रसरोवरमा डुंगाको मज्जा

इन्द्रसरोवरमा डुंगाको मज्जा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने मार्खुमा ७ किलिमिटर लामो मानव निर्मित जलासय छ, इन्द्रसरोवर। मार्खु र कुलेखानीको बीचमा रहेको गहिरो खोंचमा बाँध बाँधेर नदीनालाको पानी संकलन गरी संचालन भइरहेको कुलेखानी जलविद्युत परियोजनाको जलाशयमा अहिले जलविहार गर्न पुग्नेहरुको कमी छैन। 

काठमाडौं नजिकैको पर्यटकीय क्षेत्र इन्द्रसरोवर अहिले पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ।

अहिले काठमाडौं र अन्य जिल्लबाट पर्यटक यहाँ डुंगामा चढेर जलाशय हेर्न पुगिरहेका छन्। इन्द्रसरोवरमा एकैपटक धेरै डुंगाहरु एक ठाउँबाट अर्को गइरहेको देख्न सकिन्छ। त्यसमा सवार मानिसहरु मानव निर्मित तालको मज्जा लिइरहेका हुन्छन्। जलासय घुम्दै समूहमा तस्विर लिने र सेल्फी लिँदै जलविहारमा पर्यटक रमाइरहेको देख्न सकिन्छ। 

एउटा गाउँबाट अर्को गाउँसम्म सामान ल्याउन र पुर्‍याउन समेत डुंगामा चढेर स्थानीय यात्रा गरिरहेका हुन्छन्। विद्यार्थीहरु विद्यालय जान आउनसमेत डुंगाबाट इन्द्रसरोवर तर्ने गर्छन्। 

कोरोना भाइरसको संक्रमणका कारण लामो समय मानिसहरु घरभित्रै थुनिए। अहिले लकडाउन र निषेधाज्ञाको अन्त्य भएको समय मौसम पनि सफा छ। मानिसहरु नजिकैको पर्यटकीय क्षेत्रमा पुगिरहेका छन्। इन्द्रसरोवरमा पनि अहिले नजिकैको स्थानबाट आन्तरिक पर्यटक पुग्ने गरेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell