अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम आउँदै गर्दा रिपब्लिनक पार्टीका नेताहरुले नै राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ छाडेका छन्। मत गणनामा ट्रम्पले अग्रता लिइरहेका पेन्सेलभेनिया र जर्जिया लगायतका स्थानमा क्रमश: प्रत्यासी डेमोक्रेटिक उम्मेदवार जोय बाइडेन बलियो हुँदै गएपछि उनीमाथि साथ छोड्नेहरु बढेका हुन्।
ट्रम्पका छोराहरुले त पार्टीलाई नै आक्षेप लगाउँदै ट्रम्पको साथ नदिएको बताएका छन्। रिपब्लिकन पार्टीमा सक्रिय रहेका ट्रम्पका छोरा इरिकले ट्विट गर्दै सोधेका छन् - रिपब्लिकनहरु कहाँ छन्?
उनले ब्याकबोनका रुपमा सघाउन आग्रह गरेका छन्।
Where are Republicans! Have some backbone. Fight against this fraud. Our voters will never forget you if your sheep! https://t.co/jLzOIJbrwV
— Eric Trump (@EricTrump) November 5, 2020
'रिपब्लिनहरु कहाँ छन्। केही आड देउ। ठगी विरुद्ध लड। हाम्रा मतदाताले तिमी भेडाहरुलाई कहिल्यै माफ गर्ने छैननु।'
हुलाकबाट भएको मतदानको मत परिणाम आउँदा बलियो भनिएका ट्रम्प कमजोर हुन थालेपछि उनले मत गन्ती नै रोक्नका लागि पटक पटक आह्वान गरिसकेका छन्। अमेरिकामा एकातिर मत गणना बन्द गर्न प्रदर्शन भइरहेको छ भने अर्कातिर मत गणना जारी हुनुपर्ने भन्दै प्रदर्शन।
अमेरिकी निर्वाचनमा सबैभन्दा धेरै मत खसेको यसपालाको निर्वाचनमा जोन बाइडनले जित निकाल्ने सम्भावना बलियो बन्दै गएको छ।
