PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कानुनी लडाईमा पनि पराजित हुँदै ट्रम्प



पहिलोपोस्ट

कानुनी लडाईमा पनि पराजित हुँदै ट्रम्प
Evan Vucci/AP/Shutterstock

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी क्यम्पेनिङले अदालतमा लगाएको गुहार अर्थहीन बनेको छ। प्रमाण नपुगेको भन्दै अदालतले ट्रम्प पक्षधरले जाहेर गरेको मत गणना रोक्ने मुद्दा खारेज गरेको हो। 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै मुद्दा दायर भएको थियो। 

जर्जियामा ढिलोगरी आएका ५३ वटा मतपेटिकालाई नोभेम्बर ३ मा भएको निर्वाचनको मतपेटिकासँग मिसाइएको दावीसहित मुद्दा दायर भएको थियो। मिचिगनमा भने मत गणना रोक्न माग गर्दै मत गन्तीको प्रकृयामा प्रयोग भएको टेबुलेसन प्रक्रियामा पहुँचको माग गरिएको थियो।

दुवै राज्यका न्यायाधीशले मुद्दा खारेज गरिदिएका छन्। न्यायाधीशहरुले दावीमा प्रमाण नपुगेको भन्दै त्यसलाई खारेज गरिदिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell