PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

नेकपाको गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ती



पहिलोपोस्ट

नेकपाको गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ती
फाइल फोटो

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत राजनीतिमा राष्ट्रपतिको सक्रियता देखिएको समाचार सार्वजनिक भएको विषयलाई लिएर नेकपा नेता भीम रावलले कडा टिप्पणी गरेका छन्।

ट्विट गर्दै नेता रावलले राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंङ्घन भएको जनाएका छन्। आज बिहान ट्विट गर्दै नेता रावलले यस्तो गतिविधिले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने बताएका छन्।

'नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,' रावलले ट्विटमा लेखेका छन्, 'यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell