PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कोरोना पराजित गरे पनि रहेनन् पत्रकार बर्मा



रासस

कोरोना पराजित गरे पनि रहेनन् पत्रकार बर्मा

धादिङ : पत्रकार सीतारामप्रसाद बर्माको ७९ वर्षको उमेरमा मृत्यु भएको छ। कोरोना भाइरस संक्रणमपछि ठीक भएका उनको आज मृत्यु भएको हो।

राष्ट्रिय समाचार समितिका धादिङ जिल्ला समाचारदाता बर्माको आज बिहान उपचारका क्रममा निधन भएको हो। किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए। उनले कोरोनाबाट भने विजय प्राप्त गरेका थिए।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए। करीब तीन दशकदेखि राससमा कार्यरत रहेका थिए उनी। गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell