PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आठ महिनापछि पुन: सुरु हुँदै 'दिलवाले दुल्‍हनियाँ ले जाएंगे'को सो



पहिलोपोस्ट

आठ महिनापछि पुन: सुरु हुँदै 'दिलवाले दुल्‍हनियाँ ले जाएंगे'को सो

मुम्बईस्थित सिनेमाघर मराठा मन्दिरमा फिल्म 'दिलवाले दुल्हनियाँ ले जाएंगे' (डिडिएलजे) को सो पुन: सुरु भएको छ। २५ वर्षअघि फिल्म सार्वजनिक प्रदर्शन भए यता उक्त हलमा निरन्तर देखाइएको फिल्म हो डिडिएलजे।

कोरोना भाइरस संक्रमणको महामारी सुरु भएसँगै भारतीय सिनेमा घरहरू बन्द भए। जसका कारण सर्वाधिक लामो समय प्रदर्शन भएको डिडिएलजेको पनि सो रोकिएको थियो।

महाराष्ट्र सरकारले शुक्रवारदेखि ५० प्रतिशत क्षमतामा सिनेमा हल संचालनमा ल्याउन अनुमति दिएपछि मराठा मन्दिरले पूराना फिल्महरूको सो सुरु गरेको हो। उक्त हलमा हरेक दिन पहिलो सो डिडिएलजेको हुने गरेको थियो। ८ महिना पछि फेरि सोही अनुरुप हलको सोहरू सुरु हुने संचालक मनोज देसाईले टाइम्स अफ इन्डियासँग बताएका छन्।

यशराज प्रोडक्सनको यो रोमान्टिक ड्रामालाई आदित्य चोपराले निर्देशन गरेका हुन्। चोपराको यो पहिलो निर्देशन हो।

फिल्ममा कलाकारहरू शाहरुख खान र काजोल केन्द्रीय पात्र हुन्। अन्य कलाकार अनुपम खेर, अमरीस पुरी, फरिदा जलालको पनि अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell