बेलायत र वेल्सका रङ्गमञ्चहरू पुन: बन्द भए। कोरोना भाइरस संक्रमणको नियन्त्रणका लागि जारी गरिएको दोस्रो चरणको लकडाउनसँगै रङ्गकर्मीको दैनिकी प्रभावित बन्यो। त्यहाँको सरकारले रङ्गकर्मी एवं अन्य कलाकारका लागि राहतको योजना बनाउँदैछ।
त्यहाँको तल्लो सदनका सदस्य एमपी क्रिस एल्मोरले कलाकार, संगीतकर्मी एवं रङ्गकर्मी सहयोगबाट बन्चित रहेको बताए। उनका अनुसार नि:शूल्क खाना खानका लागि 'फुड बैंक' बाहिर लाम बस्ने रङ्गकर्मीको संख्या बढ्दो छ।
आर्ट्स मिनिस्टर क्यारोलिन डिनेनेजले भने सरकारले कलाकारहरूलाई सहयोग पुर्याउन सरकारले सक्दो प्रयास गरेको बताइन्। बेलायतको आर्ट्स काउन्सिलले हरेक कलाकारका लागि एक सय १९ मिलियन पाउन्ड उपलब्ध गराउने दावी गरिन्।
रङ्गकर्मीका लागि सरकारको राहत योजनाले देशभरका ६६ प्रतिशत फ्रिलान्सर कलाकारलाई आर्थिक रुपमा सहयोग गर्ने बीबीसीमा उल्लेख गरिएको छ।
