PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रदीप ज्ञवाली र कृष्णगोपाल वसन्तपुरमा, गरे काष्ठमण्डप पुनर्निर्माणको निरीक्षण

प्रदीप ज्ञवाली र कृष्णगोपाल वसन्तपुरमा, गरे काष्ठमण्डप पुनर्निर्माणको निरीक्षण

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठले काष्ठमण्डप पुनर्निर्माण कार्यको अवलोकन गरेका छन्। ज्ञवाली र श्रेष्ठ आज दिउँसो काष्ठमण्डप निरीक्षण गर्न पुगेका थिए।

२०७२ सालको भूकम्पले ढलेको काष्ठमण्डप हाल पुनर्निर्माणको चरणमा छ। काष्ठमण्डप पुनिनर्माणको काम करिब ७० प्रतिशत सकिएको छ।

काष्ठमण्डपपछि ज्ञवाली र श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रको पनि अवलोकन गरेका थिए। उनीहरुलाई त्यहाँ भइरहेको पुनर्निर्माणको बारेमा जानकारी दिइएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell