PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रधानमन्त्रीलाई दबाब दिन सामूहिक भेट गर्ने प्रचण्डले बोलाएको सचिवालय बैठकको निर्णय



पहिलोपोस्ट

प्रधानमन्त्रीलाई दबाब दिन सामूहिक भेट गर्ने प्रचण्डले बोलाएको सचिवालय बैठकको निर्णय
शुक्रवार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरुसँग छलफलका लागि पुगेका अध्यक्ष प्रचण्ड।

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको धुम्बाराहीमा भएको सचिवालयका बहुमत सदस्यहरुको छलफल सकिएको छ। सुरुमा सचिवालय बैठक भन्दै पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएको बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा 'बादल' सहभागि भएनन्।

९ सदस्यीय सचिवालयमा बहुमत ५ सदस्यहरुको उपस्थित भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई औपचारिकता दिए पार्टी विभाजनको सुरुवात हुने चेतावनी दिएपछि बैठक अनौपचारिक छलफलमा सिमित भएको ब्रिफिङ प्रचण्डमा बैठकमा गरेका थिए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको कमिटी बैठक बोलाउन दबाब दिन भोली शनिवार बालुवाटारमा पुगेर भेट्ने निर्णय गरेको जानकारी दिए।

आजको छलफलमा प्रचण्डसहित वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ सहभागि थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell