PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रौतहटमा पुनः २५ दिने निषेधाज्ञा जारी, चाडपर्व लक्षित निषेधाज्ञामा यी कार्यमा लगाइयो बन्देज



राधेश्याम पटेल

रौतहटमा पुनः २५ दिने निषेधाज्ञा जारी, चाडपर्व लक्षित निषेधाज्ञामा यी कार्यमा लगाइयो बन्देज

वीरगंज : रौतहट प्रशासनले कात्तिक २१ गते मध्यरात १२ बजेदेखि अगामी मंसिर १७ गते मध्यराति सम्म २५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ।

जिल्लामा हालसम्म १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको र १७४ जना अहिले पनि सक्रिय कोरोना संक्रमितहरु रहेकोले समुदाय स्तरमा कोरोना नफैलोस भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

तिहार, छठ तथा वाग्मती नदीको पूर्णिमा स्नान गर्ने लगायतका चाडपर्व नजिकिएकाले प्रशासनले भिडभाड नहोस् र कोरोना संक्रमण नफैलोस् भनी शुक्रवार रातिदेखि निषेधाज्ञा जारी गरेको बताएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा खेल तमासा, नाचगान, जात्रा, महोत्स, भोजभतेर, हाटबजार, विभिन्न धार्मिकस्थलमा पूजापाठ तथा धार्मिक गतिविधि, चार्डपर्वको अवसरमा गरिने साँस्कृतिक तथा सामाजिक कार्यहरु, सिनेमाघर, सैलुन, होटल, रेस्टुरेन्ट पार्टीप्यालेसलगायतको कार्य गर्न गराउन निषेध गरिएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell