वीरगंजः विहारको तेस्रो चरणको चुनाव अन्तर्गत नेपाल भारत दुबै देशको सीमा शुक्रबार बिहान ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म ४८ घण्टाको लागि बन्द गरिएको छ।
दुबै देशका सुरक्षा अधिकारीले यसअघि कलैयामा भएको बैठकको निर्णय अनुसार तीन पटकको चुनावको बेला ४८ घण्टा सीमा बन्द गर्ने निर्णय भएको थियो। नेपाल सरकारले कार्तिक मसान्तसम्म सीमा आवागमन निषेध गरे पनि भारतले साताअघि सीमा क्षेत्रको लकडाउन खोलेको थियो।
विहारमा तेस्रो तथा अन्तिम चरणको निर्वाचन भोलि हुँदैछ। २४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरणमा क्रमशः ७१ र ८४ सिटका लागि चुनाव भइसकेको छ।
विहारका उत्तरी १५ जिल्लाहरूमा पश्चिम चम्पारण, पूर्व चम्पारण, सीतामढी, मधुवनी, सुगौली, अरिया, मधेपुरा, पूर्णिया, कटिहार, किशनगंज, सहरसा, दरभंगा, बैशाली, मुज्जफरपुर र समस्तीपुर जिल्लामा चुनाव हुँदैछ। ७८ सिटमा वाल्मिकीनगर, रामनगर, नरकटियागंज, बागाहा, लौरिया, सिकटा, रक्सौल, सुगौली, चिरैया, ढाका, रीगा, बथनाहालगायत क्षेत्रमा चुनाव हुँदैछ।
