PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रदेश १ मा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ३५० जना डिस्चार्ज



फूलमाया पुरी

प्रदेश १ मा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ३५० जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा १२३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३/३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३/३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र  र कोशी गाउँपालिकामा २/२,  भोक्राहानरसिंह, दुहवी, हरिनगर  र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको दमकमा २८, विर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३/३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २/२, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका १/१ जनामा पनि शुक्रवार संक्रमण पुष्टि भएको छ।

तेह्रथुमको लाली गुराँसमा ४, म्याङलुङ र छथरमा १/१, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १/१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १/१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रवार १ हजार १९७ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १३८ महिला र १७७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएकोमा कोरोना संक्रमितको संख्या २१ ह्जार ११७ जना पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शुक्रवार ३५० जना डिस्चार्ज भएका छन्। जसमा होमआइसोलेसनबाट ३४३, विराट मेडिकल कलेजबाट ३, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १/१ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell