इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई १३२ रनको लक्ष्य दिएको छ।
अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन बनाएको हो।
सुरुवाती ब्याटिङ गरेको बेङ्ग्लोरको ओपनिङ जम्न सकेन। कप्तान बिराट कोहली ६ रन र देबदत्त पाडिकल १ रनमै आउट हुँदा बेङ्ग्लोर सुरुबाटै दवाबमा रह्यो।
धर्मराएको बेङ्ग्लोरको ब्याटिङलाई आरोन फिन्च र एबि डी भिलियर्सले सम्हालेका थिए। डिभिलियर्सले सर्वाधिक ५६ रन बनाउँदा फिन्चले ३२ रनमा आउट भएका थिए। त्यसपछिका ब्याट्सम्यानहरुको पनि प्रदर्शन उल्लेखनिय रहेन।
बेङ्ग्लोरलाई सामान्य स्कोरमा रोक्न हैदराबादका लागि जेसन होल्डरले सर्वाधिक ३ विकेट लिँदा टी नटराजनले २ विकेट तथा शाहबज नदीमले १ विकेट लिए।
खेलमा जित्ने टोलिले फाइनलका लागि दिल्लीसँग क्वालिफायर्स खेल्ने मौका पाउने छ। र, पराजित टिम बाहिरिने छ।
हैदराबाद केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
