PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बेङ्ग्लोरमाथि हैदराबादको रोमाञ्चक जित, क्वालिफायर्समा हैदराबादले दिल्लीसँग खेल्ने



पहिलोपोस्ट

बेङ्ग्लोरमाथि हैदराबादको रोमाञ्चक जित, क्वालिफायर्समा हैदराबादले दिल्लीसँग खेल्ने
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादलाई हराएको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ६ विकेटले हराउँदै क्वालिफायर्समा दिल्लीसँग भेट पक्का गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।

सुरुवाती ब्याटिङ गरेको बेङ्ग्लोरको ओपनिङ जम्न सकेन। कप्तान बिराट कोहली ६ रन र देबदत्त पाडिकल १ रनमै आउट हुँदा बेङ्ग्लोर सुरुबाटै दवाबमा रह्यो।

धर्मराएको बेङ्ग्लोरको ब्याटिङलाई आरोन फिन्च र एबि डी भिलियर्सले सम्हालेका थिए। डिभिलियर्सले सर्वाधिक ५६ रन बनाउँदा फिन्चले ३२ रनमा आउट भएका थिए। त्यसपछिका ब्याट्सम्यानहरुको पनि प्रदर्शन उल्लेखनिय रहेन।

बेङ्ग्लोरलाई सामान्य स्कोरमा रोक्न हैदराबादका लागि जेसन होल्डरले सर्वाधिक ३ विकेट लिँदा टी नटराजनले २ विकेट तथा शाहबज नदीमले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले दुई बल बाँकी छँदा लक्ष्य पुरा गरेको थियो।

हैदराबादको ब्याटिङ केन विलियमसन् र मनिष पाण्डेले उकासेका थिए। हैदराबादका लागि विलियमसनले सर्वाधिक अभिजित ५० रन बनाउँदा मनिष पाण्डे र जेसन होल्डरले समान २४ रन बनाए।

पराजित भएको बेङ्ग्लोर प्रतियोगिताबाट बाहिरिएको छ भने हैदराबादले क्वालिफायर्समा दिल्ली क्यापिटल्ससँग भिड्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell