PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बिहारमा ७८ सिटका लागि तेस्रो चरणको मतदान हुँदै : सीमाको चुनावमा नेपालीलाई चासो, रक्सौलमा यस्तो छ त्रिकोणात्मक प्रतिस्पर्धा



राधेश्याम पटेल

बिहारमा ७८ सिटका लागि तेस्रो चरणको मतदान हुँदै : सीमाको चुनावमा नेपालीलाई चासो, रक्सौलमा यस्तो छ त्रिकोणात्मक प्रतिस्पर्धा

वीरगंज : बिहार राज्यको तेस्रो तथा अन्तिम चरण मतदान आज हुँदैछ। २४३ कुल विधानसभा सिटमध्ये यसअघि पहिलो र दोस्रो चरण अन्तर्गत क्रमशः ७१ सिट र ८४ सिट गरी कुल १४५ सिटको लागि मतदान सम्पन्न भइसकेको छ। २८ अक्टोबरमा पहिलो चरणको चुनाव सम्पन्न भएको थियो भने दोस्रोमा नोभेम्बर ३ का दिन बिहारमा चुनाव भएको थियो। ७ नाभेम्बरको दिन नेपालसँग सीमा रहेको बिहारको उत्तरी भेगमा मतदान हुन लागेको हो।

उत्तरी १५ जिल्लाभित्र ७८ सिटको चुनावपछि बिहारमा कसको सरकार बन्छ भन्ने कुरा निक्र्यौल गर्नेछ। बिहारको उत्तरी १५ वटा जिल्लाहरुमा पश्चिम चम्पारण, पूर्व चम्पारण, सीतामढि, मधुवनी, सुगौली, अरयिा, मधेपुरा, पूर्णिया, कटिहार, किशनगंज, सहरसा, दरभंगा, बैशाली, मुज्जफरपुर र समस्तीपुर जिल्लामा शनिवार मतदान भइरहेको भारतीय चुनाव विभागले जनाएको छ। ७८ वटा सिटमा बाल्मिकीनगर, रामनगर, नरकटियागंज, बागाहा, लौरिया, सिकटा, रक्सौल, सुगौली, चिरैया, ढाका, रीगा, बथनाहालगायत ७८ विधानसभा क्षेत्रमा चुनाव भइरहेको छ।

कसको पक्षमा आउला परिणाम?

चुनाव शुरु भएसँगै सीमावर्ती क्षेत्रका नेपालीलाई यी क्षेत्रमा कसले जित हात पार्ला भन्ने चासोसमेत बढेको छ।

वीरगंजको सीमावर्ती बजार रक्सौल भारतीय जनतापार्टीको गढको रुपमा मानिन्छ। यस विधानसभा क्षेत्रबाट पूर्व विधायक डा.अजयकुमार सिंह ५ वर्षे चार कार्यकाल अर्थात २० वर्ष निर्वाचित भएर जित्दै आएका थिए। तर यसपाली उनको पार्टीले उनलाई टिकट नदिएपछि उनी मायावतिको बहुजन समाजवादी पार्टीबाट टिकट लिएर चुनावामा होमिएका छन्। सिटिङ विधायक भएकोले उनको पल्ला भारी हुने पनि विश्लेषण छ।

अर्को तर्फ रक्सौलका अर्का सक्षम व्यक्ति हुन्, महेश अग्रवाल। महेश अग्रवाललाई यसपाली बिजेपीले रक्सौल विधानसभा क्षेत्रको लागि टिकट दिने आश्वासन दिए तपानि नदिएको कारण उनी बिजेपीका उम्मेदवार प्रमोद कुमार सिन्हाको विपक्षमा शिविर चलाएको आरोप लगाउँदै पार्टीले उनलाई बिजेपीबाट ६ वर्षको लागि निस्काशन गरेपछि निजका निकटतम सरेश यादव निर्दलिय पार्टीबाट विधायकमा उठेका छन्। यादवलाई महेश अग्रवालको समर्थन र साथ छ। अग्रवाल नाकाबन्दीको समय मितेरी पुलमा मधेसीहरुलाई दालभात तरकारी खुवाउने भारतीयको रुपमा चिनिएका थिए। त्यसैगरी, बिजेपीको गढमा एनडिए अर्थात भारतीय जनतापार्टी र जनता दल यूनाइटेडबाट प्रमोदकुमार सिन्हाले पैसाले टिकट पाएकोले उनलाई विजेपीकै कार्यकर्ताले हराउनेतर्फ योजना बनाएको रक्सौलका जानकारहरु बताउँछ्न्। त्यसमा पनि उनको भाइ अजयकुमार सिन्हाको वीरगंजबाट बरामद २३ किलो सुन प्रकरणले पनि उनको चुनावी क्याम्पिेनिङमा धक्का परेको छ। यसैबीच, रक्सौल विधान सभा क्षेत्रमा काँग्रेस र राष्ट्रिय जनता दल(लालु यादवको छोरा तेजस्वी यादवको पार्टी)को महागठबन्धन रामबाबु यादवको पनि चुनावमा राम्रै मत ल्याउने आँकलन छ। चार पक्षीय चुनाव भए तापनि एनडिए र महागठबन्धन खेमासँगै पूर्व विधायक डा.अजयकुमार सिन्हबीच त्रिकोणत्मक प्रतिस्पर्धा हुने जनाइएको छ । त्रिकोणत्मक प्रतिस्पर्धामा स्वतन्त्रबाट उठेका सुरेश यादवलाई पनि कम आँक्न नसकिने रक्सौलका राजनीतिक विश्लेषकहरुको भनाई छ। यसपालीको चुनावमा एनडिए, महागठबन्धन, बिएसपी र एलजेपी गरी चार पक्षीय नतिजा आउने विश्लेषण छ।

सीमा ४८ घण्टा बन्द

बिहारको तस्रो चरणको चुनाव अन्तर्गत नेपाल भारतको दुबै देशबो सीमा शुक्रवार विहान ५ बजेदेख आईतवार बिहान ५ बजे सम्म ४८ घण्टाको लागि बन्द गरिएको छ। दुबै देशका सुरक्षा अधिकारीले विगतको कलैयामा भएको बैठकको निर्णयअनुसार तीन पटकको चुनावको बेला ४८ घण्टा सीमा कडा रुपमा बन्द गर्ने निर्णय भएको थियो। नेपाल सरकारले कार्तिक मसान्तसम्म लकडाउन लगाए तपानि भारतले एक साता अघि सीमा क्षेत्रको लकडाउन खोलेको थियो। तर चुनावको बेला सीमा गर्दा सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell