अमेरिकी राष्ट्रपतिम जो बाइडेन जित नजिक छन्। मुख्य प्रतिस्पर्धा रहेका जर्जिया, पेन्सलभेनिया, अरिजोना र नवाडामा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडि पार्दै गएका छन्।
१५३ इलेक्ट्रोल कलेज हात पारिसकेका उनले पेन्सलभेनियामा २० हजार बढी मतले ट्रम्पलाई पछाडि पारिरहेका छन्। २० इलेक्ट्रोल भोट रहेको पेन्सलभानियामा जित हात पारे बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिमा आगामी जनवरीमा शपथ लिनेछन्।
जित नजिक पुगेका बाइडेनले देशवासीका नाममा सम्बोधन गर्दै जित नजिक पुगेको भन्दै सबै मत गनेपछि विजयी हुने घोषणा गरे। उनले आफूलाई जति प्रयास गरे पनि हरेक मतको सम्मान गर्दै गणना गर्न कसैले रोक्न नसक्ने बताए।
उनले कार्यालयमा पहिलो दिनदेखि नै कोभिड-१९ पान्डेमिक, आर्थिक समस्या समाधान गर्न लागि पर्ने घोषणा गरे। उपराष्ट्रपति उम्मेद्वार कमला ह्यारिससँगै आफ्नो हेडक्वाटरबाट सम्बोधन गर्दै उनले २४ वर्ष देखि रिपब्लिकनले जितिरहेको क्षेत्र अरिजोना, २८ वर्ष देखि रिपब्लिकनको कब्जामा रहेको जर्जियामा जित हात पारिरहेको भन्दै सबै मतको सम्मान गर्ने बताए।
'मेरा विरुद्ध पनि मत परेका छन्। ती मतहरुको पनि सम्मान गर्ने छु। राष्ट्रपतिको रुपमा गर्ने यही हो सबैको पक्षमा काम गर्ने छु,' उनले भने।
बाइडेनले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग सल्लाह गरिरहेको भन्दै महामारी नियन्त्रणमा पहिलो कदम चाल्ने घोषणा गरे। उनले मृत्यु भइसकेकालाई जीवित पार्न नसके पनि धेरैको जीवन जोगाउन सकिने बताए।
राष्ट्रपति निर्वाचनका लागि २७० सिट आवश्यक रहेको अमेरिकामा उनले तीन सय बढीमा जित हात पार्ने घोषणासमेत गरेका छन्।
