PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : माइतीघरमा महिला हिंसा तथा बलात्कारविरुद्ध ‘फ्ल्यास मब’को आयोजना गरिएको छ। ‘#अझै कति दिन सहने?’ नामक समूहको आयोजनामा सो ‘फ्ल्यास मब’को आयोजना गरिएको हो।

पछिल्लो समय बलात्कारका घटना लगातार बढिरहेको भन्दै त्यसको विरुद्धमा सो प्रदर्शनको आयोजना गरिएको हो। बलात्कार लगायतका विषयमा सरकार कठोर बन्न ‘फ्ल्यास मब’का सहभागीको माग थियो।

कालो कपडा लगाएर ‘फ्ल्यास मब’मा सहभागी भएकाहरुले ‘नो मिन्स नो’, ‘इट वाजन्ट हर ड्रेस, इट वाज योर इभिल माइन्ड’, ‘हामी चुप कहिलेसम्म?’ लेखिएका प्लेकार्ड बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell