A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6996ec0b47af56.46884294): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6996ec0b47af56.46884294,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

६६ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित : वाग्मती प्रदेशका १३ जिल्लामा ६१ प्रतिशत, कुन जिल्लामा कति?
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

६६ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित : वाग्मती प्रदेशका १३ जिल्लामा ६१ प्रतिशत, कुन जिल्लामा कति?



विधुर ढकाल

६६ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित : वाग्मती प्रदेशका १३ जिल्लामा ६१ प्रतिशत, कुन जिल्लामा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा ६६ जिल्लामा कोभिड-१९ का नयाँ संक्रमित पहिचान भएका छन्। देशभरका ७२ प्रयोगशालामा भएको १० हजार ४२३ नमुना परीक्षण गर्दा एक हजार ७७ महिला र एक हजार ६७६ पुरुष गरी दुई हजार ५३ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पहिचान भएका संक्रमितमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा संक्रमित पहिचान भएका छन्। वाग्मतीका सबै १३ जिल्लामा संक्रमित पहिचान भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। वाग्मतीमा एक  हजार ६९९ संक्रमित पहिचान भएका छन्। जुन कुल पहिचान भएका संक्रमितको ६१.७१ प्रतिशत हो।

पहिचान भएका संक्रमितमध्ये उपत्यकामा मात्र एक हजार ५१२ छन्। जुन कुल संक्रमितको ५४.९२ प्रतिशत हो। जसमध्ये काठमाडौंमा एक हजार २९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जना रहेका छन्।

त्यस्तै, प्रदेश १ मा ४९४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रदेश १ का १४ जिल्लामध्ये १३ जिल्लामा संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मोरङमा २४५ र सुनसरीमा १३३ जनामा संक्रमण पुष्टि भएको छ। झापामा ५८ जना संक्रमित पहिचान हुँदा पाँचथरमा पछिल्लो २४ घण्टामा संक्रमित पहिचान भएका छैनन्।

पछिल्लो २४ घण्टामा प्रदेश २ का ८ वटै जिल्लामा नयाँ संक्रमित पहिचान भएका छन्। प्रदेशमा ७७ जनामा संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये ९ जिल्लामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित पहिचान भएका छन्। गण्डकी प्रदेशमा १३७ जना संक्रमित पहिचान हुँदा कास्की जिल्लामा मात्र ८२ जनामा संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा कोभिड-१९ का संक्रमित थपिएका छन्। त्यहाँ थप २१८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये सबैभन्दा बढी रुपन्देही जिल्लामा ८५ जना छन्।

कर्णाली प्रदेशका १० जिल्लामध्ये ७ जिल्लामा नयाँ संक्रमित थपिएका छन्। त्यहाँ २५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ५ जिल्लामा नयाँ संक्रमित पहिचान भएका छन्। सुदूरपश्चिममा १०३ जनामा संक्रमण पुष्टि हुँदा कैलालीका मात्र ७७ जना हुन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell