PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

घुस लिएको अभियोगमा बेलकोटगढी नगरपालिकाका इञ्जिनियरसहित दुई जना पक्राउ



रासस

घुस लिएको अभियोगमा बेलकोटगढी नगरपालिकाका इञ्जिनियरसहित दुई जना पक्राउ

त्रिशूली : नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जिनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार बट्टार बजारबाट पक्राउ गरेको छ। घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पुर्‍याउने बेलकोटगढी नगरपालिका-८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो।

अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित एक होटलबाट पक्राउ गरिएको हो। सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार रुपैयाँ बरामद भएसँगै ‘घुस रिसवत् भ्रष्टाचार’ मुद्दामा कारबाहीका लागि उनीहरुलाई पक्राउ गरिएको छ।

पक्राउ परेकाहरुलाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले कारबाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell