PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नेकपा विवादको छाया न्याय परिषद् सदस्य सिफारिसमाः दोस्रो पटक पनि मतदानबाटै सिफारिस भए श्रेष्ठ



पहिलोपोस्ट

नेकपा विवादको छाया न्याय परिषद् सदस्य सिफारिसमाः दोस्रो पटक पनि मतदानबाटै सिफारिस भए श्रेष्ठ

काठमाडौँः नेपाल बार एशोसिएसनका तर्फबाट पठाइने न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ सिफारिस भएका छन्। परिषद् सदस्य रामप्रसाद सिटौलाको कार्यकाल सकिएपछि परिषद्मा एक सदस्य रिक्त थियो। मतदानको प्रक्रियाबाट श्रेष्ठको नाम सिफारिस भएको हो। 

यसअघि परिषद् सदस्य सिफारिसका क्रममा पनि श्रेष्ठका नाममा बारमा मतदान नै भएको थियो।

बार एशोसिएशनको शनिबारको बैठकले श्रेष्ठलाई सदस्यमा सिफारिस गरेको हो। नेकपा निकट कानुन व्यवसायीको बर्चस्व रहेको बारमा यसअघि परिषद सदस्य भइसकेका श्रेष्ठ सिफारिस परेका हुन्। उनी नेकपा निकट नै हुन्।

सदस्यमा श्रेष्ठसँगै पूर्व सदस्य खेमनारायण ढुङ्गाना, नेकपा निकटकै कानुन व्यवसायीहरु रामनाथ मैनाली, महेशकुमार नेपाल लगायतको नाम चर्चामा थियो। बारले मागेको विवरणमा ६३ जनाले आवेदन समेत दिएका थिए। 

नेकपा निकटका उम्मेदवारमध्ये सिफारिसमा परेका श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अघि सारेको थियो। ओली समूहले नेपाललाई अघि सारेको थियो। बार पदाधिकारीको विवादबीच श्रेष्ठ सिफारिसमा परेका हुन्।

नेपालको संविधान जारी हुनुअघि श्रेष्ठ बारका तर्फबाट सिफारिस भएर परिषद्मा सदस्य भएका थिए। संविधान जारीपछि पुनर्नियुक्ति विवादमा श्रेष्ठ बाहिरिएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell