PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

घोडाबाट लडेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घाइते, अवस्था सामान्य



पी बी खड्का

घोडाबाट लडेर कर्णाली प्रदेशका मुख्यमन्त्री शाही घाइते, अवस्था सामान्य

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। सिमकोटस्थित लिमाटाङमा रहेको जलविद्युत आयोजनाको अनुगमन गर्न जाने क्रममा घोडामा सवार मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएका हुन्।

टाउकोमा सामान्य चोट लागेका उनलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइसकेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

मुख्यमन्त्री शाहीलाई प्रदेश अस्पताल सुर्खेतमा उपचार शुरु गरिएको उनले बताइन्।

‘घोडाले लडाइदियो’, उनले भनिन्, ‘दिमागमा अलि असर पर्‍यो कि भन्ने लागेको थियो, तर अवस्था सामान्य छ भन्ने बुझिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell