PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्न प्रशासनले लगायो रोक



रासस

कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्न प्रशासनले लगायो रोक

चरिकोट : दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।

दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइसरका कारण देखाउदै संक्रमणको अवस्था भन्दै संकट व्यवस्थापन केन्द्रले नित्यपूजाबाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरेको जनाएको छ। लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय अन्तरिक पर्यटक आंशिक रुपमा जान थालेका र कालिन्चोक कुरी बजार क्षेत्रका केहि होटल सञ्चालनमा आउन थालेका छन्।

सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले शनिवार सूचना प्रशासन गरी उक्त क्षेत्रमा नजान निर्देशन गरेको छ। कालिन्चोक गाँउपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङडाडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरेको र कोही कसैले अटेर गरी गएमा संक्रमण रोग ऐन अनुसार कारबाही गरिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell