PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

डर्टमण्डमाथि संघर्षपूर्ण जित निकाल्दै बायर्न शीर्षस्थानमा



पहिलोपोस्ट

डर्टमण्डमाथि संघर्षपूर्ण जित निकाल्दै बायर्न शीर्षस्थानमा

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा डर्टमण्डमाथि बायर्नले जित निकालेको छ। वेस्टफलेन स्टेडियनमा भएको खेलमा घरेलु टोलीमाथि ३-२ को जित निकाल्दै बायर्न अंकतालिकाको शीर्षस्थानमा पुगेको हो।

खेलको ४५ औं मिनेटमा डर्टमण्डले मार्को रेयुसको गोलमा खेलमा अग्रता बनाएको थियो। तर डेभिड अल्भाले पहिलो हाफको अतिरिक्त समयमा गोल फर्काए। र, १-१ को बराबरीमा पहिलो हाफको खेल रोकियो। दोस्रो हाफमा रोबेर्ट लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाए। उनले खेलको ४८ औं मिनेटमा लुकास हर्नान्डेजको पासमा गोल गरे। त्यस्तै लेरोय सानेले ८० औं मिनेटमा गोल गर्दै बायर्नको स्कोरलाई थप अघि बढाए।

उता डर्टमण्डका लागि ८३ औं मिनेटमा अर्लिङ हल्याण्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन चाहे। यद्यपि उनको प्रयास पर्याप्त हुन सकेन। र बायर्नले ३-२ खेल खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै बायर्न अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। ७ खेल खेलेको बायर्नको १८ अंक छ भने समान खेल खेलेका आरबी लाइपजिग र डर्टमण्ड क्रमश १६ र १५ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell