PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

शेफिल्ड युनाइटेडमाथि चेल्सीको सहज जित



पहिलोपोस्ट

शेफिल्ड युनाइटेडमाथि चेल्सीको सहज जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडमाथि सानदार जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलिले शेफिल्डमाथि ४-१ को फराकिलो जित निकालेको हो।

चेल्सीको जितमा टमी अब्राहम, बेन चिलवेल, थिएगो सिल्भा र टिमो वेर्नरले गोल गरे। उता शेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले सान्त्वना गोल गरे।

खेलमा अग्रता भने शेफिल्डले बनाएको थियो। खेलको ९ औं मिनेटमै म्याकगोल्ड्रिकले शेफिल्डलाई अग्रता दिलाएका थिए। तर २३ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए। त्यस्तै चिलवेलले ३४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा चेल्सी २-१ ले अघि रह्यो। दोस्रो हाफमा सिल्भाले ७७ औं र वेर्नरले ८० औं मिनेटमा गोल गर्दा चेल्सीले ४-१ को सानदार जित निकाल्न सफल भयो।

जितसँगै चेल्सी अंकतालिकको शीर्ष तीनमा उक्लिएको छ। चेल्सीको ८ खेलबाट अंक छ। शीर्षस्थानमा रहेको साउथह्याम्टन र दोस्रो स्थानमा रहेको लिभरपुलको समान १६ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell