PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

डि मारियाको दोहोरो गोलमा पीएसजीको जित



पहिलोपोस्ट

डि मारियाको दोहोरो गोलमा पीएसजीको जित

फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेनेसमाथि सहज जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले ३-० को सहज जित निकालेको हो।

पीएसजीको जितमा एन्जेल डि मारियाले दुई गोल र मोइस किनले १ गोल गरे।

घरेलु टोलीले खेलको ११ औं मिनेटमा डि मारियाको पासमा किनको गोल गर्दा पीएसजीले अग्रता बनाएको थियो। त्यस्तै २१ औं मिनेटमा डि मारियाले गोल गर्दा पहिलो हाफमा पीएसजी २ गोलले अघि रह्यो। दोस्रो हाफमा पनि डि मारियाले नै गोल थपे। उनले ७३ औं मिनेटमा गोल गर्दा पीएसजीले ३-० को सहज जित निकाल्यो। खेलमा पीएसजीका दुई स्टार खेलाडी किलियन एम्बाप्पे र नेइमार जुनियर चोटका कारण मैदानमा उत्रिएनन्।

१० खेलबाट २४ अंक जोडेको पीएसजी लिगको अंकतालिकामा शीर्ष स्थानमा छ। त्यस्तै रेनेस १८ अंकसहित तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell