PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

भिजेको मल ड्राइपोर्टमै थन्किएपछि व्यवसायी समस्यामा, आयातकर्ता भने सरकारको निर्णय पर्खँदै



राधेश्याम पटेल

भिजेको मल ड्राइपोर्टमै थन्किएपछि व्यवसायी समस्यामा, आयातकर्ता भने सरकारको निर्णय पर्खँदै

वीरगंज : वीरगंज १७ अलौस्थित श्रीसिया सक्खा बन्दरगाहमा डेढ महिनादेखि करिब ८ हजार मेट्रिक टन डिएपी मल अलपत्र परेको छ। आयात गर्ने क्रममा कोलकात्ता र विशाखापटनममा समुद्री आँधीको कारण उक्त मल भिजिएको अवस्थामा नेपाल भित्रिएको थियो।

ड्राईपोर्टमा डिएपी मल अनलोड भएपछि नेपाली आयातकर्ता साल्ट्र ट्रेडिङ र कृषि सामाग्री कम्पनी लिमिटेडलाई छटपट्टि शुरु भएको थियो। नेपाल सरकारको अर्ध सरकारी कार्यालयको रुपमा सञ्चालनमा रहेको साल्ट साल्ट्र ट्रेडिङ लिमिटेड र कृषि सामाग्री कम्पनी लिमिटेडलाई अहिले मल फिर्ता पठाउने कि बिक्री वितरणको लागि गोदाममा भण्डारण गर्ने विषयमा अलमल छ।

साल्ट्र ट्रेडिङको ६ हजार ८ सय र कृषि सामाग्री कम्पनीको १२ सय मेट्रिक टन मल भिजेर ड्राईपोर्ट भन्सारमा आएको हो। करिब ८ हजार भिजेको मलका बोरा ड्राईपोर्ट भन्सारको गोदामबाट थन्किँदा मल दैनिक रुपमा चुहिएर गोदामै भिजिएकाले अन्य उद्योगी व्यवसायीलाई समान राख्न र लोडिङ अनलोडिङमा समस्या भइरहेको जनाएका छन्।

वीरगंजका उद्यागी सुरेश रुँगटाले नीजि क्षेत्रले मगाएको समान ३ दिनपछि उठेन भन्ने मनपरी तवरले ड्राईपोर्ट सञ्चालक कम्पनी प्रिन्सिटाइन भ्याली प्रालिले जारिवाना तथा गोदाम भाडा लिने गरेको र डेढ महिनादेखि सरकारी संस्थानले भिजेको मल नउठाउँदा आवश्यक कारवाही अघि नबढाएको उनले आरोप लगाए।

यता, साल्ट ट्रेडिङ कम्पनी लिमिटेडका प्रमुख अमोज लामिछानेले उद्योग वाणिज्य आपुर्ति मन्त्रालयले माथिल्लो स्तरमा मल निर्यातकर्ता कम्पनी स्वीस सिगापुरसँग छलफल गरी निर्णय गरेपछि मल फिर्ता पठाउने की भित्रियाउने निक्र्यौलमा पुग्ने स्पष्ट हुने बताए। यता, कृषि समाग्री कम्पनी लिमिटेड वीरगंज क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्ध गोरख केसीले समान पठाउँदा निर्यातकर्ताले समानको सुरक्षाको जिम्मा लिने भएकोले मल फिर्ता पठाउने नेपाल सरकार तयारी गरेको जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell