PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

जो बाइडेन: एउटा संगीत ब्यान्डले जोडेको वियोग र खुशीको क्षण



विधुर ढकाल

जो बाइडेन: एउटा संगीत ब्यान्डले जोडेको वियोग र खुशीको क्षण

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन आगामी जनवरी २१ मा ह्वाइट हाउस प्रवेश गर्दैछन्। अमेरिकी सञ्चार माध्यमहरुले बाइडेनले ३०६ इलेक्ट्रोल कलेजको मतसहित राष्ट्रपतिमा निर्वाचित भएको प्रक्षेपण गरेका छन्। उनको चर्चा अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा हुन थालिसकेको छ।

पेन्सलभेनियामा जित हात पार्ने प्रक्षेपणसहित बाइडेनलाई 'प्रेसिडेन्ट इलेक्ट' बाइडेन भनेर विश्वभरका मिडियाले कभरेज गरेका छन्। शनिवार बिहान स्थानीय समयअनुसार भएको प्रक्षेपणसँगै उनी राती समर्थक र देशबासीका नाममा सम्बोधन गर्न आफ्नो हेडक्वाटर डेलावेयरमा उपस्थित भए।

दोस्रो अमेरिकी क्याथोलिक राष्ट्रपतिको रुपमा ह्वाइट हाउस छिर्ने तयारीमा रहेका जोले सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पका समर्थकलाई सम्बोधन गर्दै भने- 'दिस इज दि टाइम टु हिल अमेरिका (यो समय अमेरिकामा निको पार्ने समय हो।)'

उनले सम्बोधन सकिसकेपछि आतिसवाजी सुरु भयो। यही उत्सवका बीच एउटा गीत बज्यो- कोडप्लेको 'अ स्काइफुल अफ स्टार'।

यो गीत उनका जेठा छोरा बो बाइडेनको मनपर्ने गीत हो। बोको ब्रेन क्यासन्सरका कारण २०१५ मा मृत्यु भएको हो। त्यतिबेला बो बाइडेन अमेरिकाका उपराष्ट्रपति थिए। बोको अन्तिम विदाईमा राष्ट्रपति बाराक ओवामा, प्रथम महिला मेसेल ओवामासहित उनीहरुका दुई सन्तान पनि डेलावेर पुगेका थिए।

आतिसवाजीसहित जो बाइडेनको नामा आकाशमा लेखियो- ४६ औं राष्ट्रपतिको रुपमा। अमेरिकाको नक्सा र अमेरिकाको ५० तारा अंकित झण्डाको आकृति आकाशमा देखाइयो।

'तब एउटा गीत बज्यो- जसले बाइडेनका छोरा बो बाइडेनको सम्झना दियो,' सीएनएनले भनेको छ, 'त्यहाँ एउटा सुष्म अनुस्मारक बनेको छ कि बो आज आफ्ना पिताको जितमा झुमेका छन्।'

यो गीतले बाइडेनको परिवारसँग भावनात्मक सम्बन्ध राख्ने सीएनएनले जनाएको छ। 

सीएनएनका एंकर डाना बासले लाइभ कभरेजका क्रममा भनेका छन्- 'प्रेसिडन्ट इलेक्ट बाइडेनले देशको आत्माको बारेमा धेरै कुरा गरे र यो उनको मनपर्ने पदावली हो। तर, उनको ब्यक्तिगत आत्मा भने उनको दिवंगत छोरा थिए... एउटा तथ्य यो पनि हो कि त्यहाँ कोड प्ले बजाइएका थिए। मलाई उनको परिवारका एक साथीले सन्देश पठाएकि यो उनका छोराको मनपर्ने गीत हो।'

कोड प्ले त्यही ब्यान्ड हो जसको फ्यान थिए बो। १९९६ मा बेलायतमा स्थापना भएको ब्यान्डका भोकलिस्ट, रिदम गितारिस्ट र पियानिस्ट हुन क्रिस मार्टिन।

२०१५ जुलाई २० मा जब बोको मृत्यु भयो उनको अन्तिम विदाइका लागि डेलावेरको क्याथोलिक चर्चमा उनको शव राखिएको थियो। अन्तिम पटक कोडप्लेको गीत 'टिल दी किंगडम कम' बजेको थियो।

जब ब्यान्डका सदस्य मार्टिनले बो आफ्नो ब्यान्डको फ्यान भएको थाहा पाए उनले बोको अन्तिम बिदाईमा प्रस्तुति दिने प्रस्ताव पठाएका थिए।

मार्टिनले बोको विदाइमा मलिन रुपमा प्रस्तुत भएका थिए। कोड प्लेको 'स्काइ फुल अफ स्टार' जो वाइडेनको उम्मेदवारी स्वीकृत भएसँगै भएको उत्सवमा पनि बजेको थियो।

आज भएको सम्बोधनका क्रममा बाइडेनले उनको सम्झनासमेत गरे।

'चुनावी अभियानका अन्तिम दिनहरुमा मैले उसको बारेमा सोच्न थालेको थिएँ। यसको मतलव मेरो परिवार, मेरा हरेक निर्णयमा बो अधिक महत्त्व राख्छन्,' बाइडेनले भने।

उनले आफूलाई अमेरिकी जनताको विश्वासलाई पूरा गर्न आत्मविश्वास प्रदान गर्ने आशासमेत ब्यक्त गरे।

बोले डेलवेरको आर्मी नेसनल गार्डमा कार्म गर्दै इराक युद्धमा समेत २००८ मा सहभागिता जनाएका थिए। उनलाई 'ब्रोन्ज स्टार'ले सम्मानित गरिएको थियो। त्यसपछि उनले राजनीतिक यात्रा पनि सुरु गरिसकेका थिए। उनी डेलावेरको अर्टर्नी जनरल दुई कार्यकाल भएका थिए। उनले डेलवेरको गभर्नरमा उम्मेद्वारी दिने घोषणासमेत गरेका थिए। तर, निर्वाचन लड्न भने पाएनन्।

'योङ अमेरिकन फर बाइडेन एन्ड ह्यारिस' नामको ट्वीटर अकाउन्टबाट बो र जोको तस्वीर पोस्ट गर्दै उनीको आत्मियता देखाइएको छ। 'कोड प्ले बो बाइडेनको सबैभन्दा मनपर्ने ब्यान्ड हो र र जोकी बहिनी भालले अगाडि भनेकी थिइन्- आजको रात बोको हात जोको कममा रहनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell