PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

मकवानपुरमा हत्या गरी फरार अभियुक्त ललितपुरमा समातिए



पहिलोपोस्ट

मकवानपुरमा हत्या गरी फरार अभियुक्त ललितपुरमा समातिए

काठमाडौंः  प्रहरीले हत्या गरी फरार एक अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले शनिवार ललितपुरको वागमती गाउँपालिका वडा नम्वर २ बाट मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ४  घर भएका २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई नियन्त्रणमा लिएको हो।

भोलनले शुक्रवार साढे ३ बजे २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। सिमाद खोलाको बगर नयाँ दमारमा रहेको फुटबल चौरमा चुरोट खाइरहेको अवस्थामा उनीहरु बीच विवाद हुँदा भीमराजले विकासलाई लखेटी शरिरमा प्रहार गरी घाटी काटेका थिए।

कर्तव्य ज्यान सम्बन्धी कसुरमा भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell