काठमाडौं : काठमाडौंको शिवचोकमा एक पुरुषको घरबाट खसेर मृत्यु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका-६ थली बस्ने नुवाकोट घर भएका ४६ वर्षीय बीरबहादुर तामाङको गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित बन्दै गरेको घरबाट खसेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
तामाङ शनिवार साँझ निर्माणाधीन घरको तेश्रो तलाबाट खसेरका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
