PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अबदेखि उद्धार उडान नगर्ने सरकारको निर्णय



पहिलोपोस्ट

अबदेखि उद्धार उडान नगर्ने सरकारको निर्णय

काठमाडौं :  सरकारले अब विदेशमा रहेका नागरिकहरुका लागि उद्धार उडान सञ्चालन नगर्ने निर्णय गरेको छ। सिंहदवारमा आइतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको बैठकले नियमति उडान सञ्चालन भएको र कुटनीतिक नियोगका अनुसार उद्धार गर्नुपर्ने मानिसको संख्या लगभग सकिएकाले उद्धार उडान गर्नु नपर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव महेन्द्र गुरागाईका अनुसार हालसम्म १ लाख ३६ हजार २१६ जनाको उद्धार गरिएको छ।

 अब उद्धार गर्नुपर्नेहरुलाई नियमित उडानबाट व्यवस्थापन गर्न सक्ने अवस्था रहेको उनले बताए। कोही अलपत्र अवस्थामा रहेको र नेपाल आउनैपर्ने भए नियमित उडानबाट ल्याउने निर्णय भएको गुरागाईले बताए।

त्यस्तै बैठकले अन्तराष्ट्रिय सीमानाका १३ प्रवेशविन्दुमा  बैतडीको झुलाघाटलाई थप गरि १४ वटा प्रवेशविन्दु बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी दक्षिण एसियासहित अन्य देशमा नियमित हवाई उडान गर्नका लागि संस्कृति मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको उनले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell