PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बिहीवार यता साढे ११ हजारमा संक्रमण, ७४ जनाको मृत्यु



पहिलोपोस्ट

बिहीवार यता साढे ११ हजारमा संक्रमण, ७४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो ४ दिनमा नेपालमा ११ हजार ५३० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गत बिहीवार देखि यता ४५ हजार ९५५ जनाको नमुना परीक्षण भएकोमा ११ हजार ५३० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

जुन कुल परीक्षणको २५ प्रतिशत हो। यसबीच ७४ जनाको कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र नेपालमा दूई हजार ८१७ जनामा संक्रमण पुष्टि भएको छ। भने २१ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

योसँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ भने एक लाख ९४ हजार ४५३ जनामा संक्रमण पुष्टि भएको हालसम्म एक लाख ५७ हजार ९२६ जना संक्रमण मुक्त भएका छन्। हाल न३५ हजार ४१९जना संक्रमित आइसोलेसनमा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell