PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

मोरङमा १०३ जनासहित प्रदेश १ मा २१९ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु



फूलमाया पुरी

मोरङमा १०३ जनासहित प्रदेश १ मा २१९ कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा आइतवार २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेह्रथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २/२, पाँचथर, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६,  उर्लाबारी र कानेपोखरीमा ४/४, जहदा, बुढीगंगा र बेलबारीमा ३/३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै, सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २/२,  दुहवी र गढीमा १/१, झापाको गौरादह र कमल गाउँपालिकामा १२/१२, दमकमा ४, गौरीगञ्ज, कचनकवल, अर्जुनधारा , मेचीनगर र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, तेह्रथुमको म्याङलुङमा ८, उदयपुरको चौदण्डीगढीमा ३, त्रियुगामा २ र बेलकामा १, इलामको इलाम नगरपालिका र फाकफोकथुममा १/१, संखुवासभाको पाँचखपन र खाँदबारीमा १/१, पाँचथरको मिक्लाजुङ, भोजपुरको षडानन्द, खोटाङको खोटेहाङमा १/१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आइतवार ९७६ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ७० हजार ९५१ जनाको पीसीआर परीक्षण गरिएकोमा प्रदेश १ मा २१ हजार ८८४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेशमा आइतवार २ जना संक्रमितको मृत्यु भएको छ। जसमा सुनसरीकी १ महिला र धनकुटाका १ पुुरुष रहेका छन्।

प्रदेश १ मा आइतवार ६०० जना डिस्चार्ज भएका छन्। जसमा होमआइसोलेसनबाट ५९५ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार १७३ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell