PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक



पहिलोपोस्ट

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। कात्तिक २४ गतेका लागि बोलाइएको बैठक २७ गतेका लागि सारिएको हो। यसअघि कात्तिक २१ गते बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनका कारण स्थगित गरिएको थियो।

स्थगनको कारण खुलाइएको छैन। कांग्रेसको विवादबारे पदाधिकारी बैठकमा सहमति पनि हुन नसकेको अवस्थामा बैठक स्थगन हुँदै आएको छ।

यस्तै कांग्रेसका करिब दश केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण भएको छ। केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, सुरेन्द्र पाण्डे, सुजता परियार, किरण यादवm नासिर सिद्धिकी तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे लगायतलाई कोरोना पुष्टि भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell