PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कोरोना संक्रमणका कारण तनहुँका एक पुरुषको चितवनमा मृत्यु



पहिलोपोस्ट

कोरोना संक्रमणका कारण तनहुँका एक पुरुषको चितवनमा मृत्यु

काठमाडौं : तनहुँका एक कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ निवासी ९६ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा आइतवार उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले जनाकारी दिए।

खोकी तथा ज्वरोको समस्या भई अस्पताल भर्ना भएका उनमा गत कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोभिड आइसीयू कक्षमा उपचारको क्रममा आइतवार दिउँसो २:५० बजे मृत्यु भएको हो।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयासको बावजुद उनको मत्यु भएको अस्पतालले जनाएको छ। उनी उच्च रक्तचापबाट पनि पिडित रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell