इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लेस्टर सिटीले वुल्भ्समाथि संघर्षपूर्ण जित निकालेको छ। किङ पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटीले वुल्भ्समाथि १-० को संघर्षपूर्ण जित निकाल्यो।
खेलको १५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जेमी भार्डीले लेस्टरका लागि निर्णायक गोल गरे। उनी खेलको ३९ मिनेटमा पाएको पेनाल्टीको अवसरमा भने चुकेका थिए।
त्यस्तै आजै भएको अर्को खेलमा टोटेनहम हट्स्परले वेस्टब्रुममाथि संघर्षपूर्ण जित निकालेको छ। द हउथ्रोन स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा ह्यारी केनले निर्णायक गोल गरेका थिए। केनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन्।
जितसँगै ८ खेलबाट १८ अंक जोडेको लेस्टरसिटी अंकतालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट १७ अंक जोडेको टोटेनहम दोस्रो स्थानमा उक्लिएको छ।
