PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस



पहिलोपोस्ट

रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

इटालियन सिरी ए अन्तर्गत आज सम्पन्न खेलमा युभेन्टस र लाजियो १-१ गोलको बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा घरेलु टोलीले पुनरागमन गर्दै युभेन्टससँग बराबरी खेलेको हो।

खेलमा युभेन्टसले अग्रता बनाएको थियो। खेलको १५ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस एक गोलले अघि रह्यो। तर अन्तिम समयमा सम्हालिन नसक्दा युभेन्टस अंक बाँढ्न बाध्य भयो। खेलको अतिरिक्त समयमा लाजियोले खेल बराबरीमा ल्याएको थियो। लाजियोका लागि फिलिपे काइसिडोले अतिरिक्त समयमा गोल गर्दा खेल १-१ को बराबरीमा टुंगिएको हो।

बराबरीमा रोकिएसँगै युभेन्टस ७ खेलबाट १३ अंक जोड्दै चौथो स्थानमा सीमित भएको छ भने समान खेलबाट ११ अंक जोडेको लाजियो नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell