PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

कार्यालय प्रमुखलाई कोरोना पुष्टि भएपछि तिहारसम्म सिन्धुपाल्चोकको मालपोत सेवा बन्द



रासस

कार्यालय प्रमुखलाई कोरोना पुष्टि भएपछि तिहारसम्म सिन्धुपाल्चोकको मालपोत सेवा बन्द

सिन्धुपाल्चोक : मालपोत कार्यालय चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ। कार्यालयले आइतवार सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो।

कार्यालयका निमित्त कार्यालय प्रमुख गोवर्द्धन ढकालद्वारा जारी विज्ञप्तिमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ।

जिल्ला प्रशासनमा पनि आलोपालो

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले समेत आलोपालो सेवा दिने भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन्।

जारी सूचना अनुसार चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका सेवाग्राहीले आइतवार मात्रै सेवा पाउनेछन् र सो बाहेक अन्य दिन ती स्थानीय तहका सेवाग्राहीलाई कार्यालयले सेवा दिने छैन।

नयाँ नीतिअनुसार सोमवार मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका, मंगलवार बाह्रबिसे नगरपालिका र हेलम्बु गाँउपालिका, बुधवार त्रिपुरासुन्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका, बिहीवार भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका र शुक्रवार सुनकोशी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका स्थानीयले मात्रै सेवा पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell