इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न क्वालिफायर्सको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाईलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ।
अबुधाबीस्थित शेख जायेद स्टेडियममा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले हैदराबादलाई १७ रनले हराउँदै पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको थियो।
दिल्लीका ओपनर शिखर धवन रमार्कस स्टोइनिसले ८६ रनको साझेदारी गर्दै दिल्लीको स्कोर उकासेका थिए। दिल्लीलाई ठूलो स्कोर दिलाउन शिखर धवनले सर्वाधिक ७८ रन बनाउँदा सिमरोन हिममायरले अभिजित ४२ रन बनाए।
त्यस्तै मार्कस स्टोइनिसले ३८ रन बनाउँदा कप्तान श्रेयस ऐय्यरले २१ रन जोडे।
हैदराबादका लागि जेसन होल्डर, सन्दीप शर्मा र राशिद खानले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।
हैदराबादका लागि केन विलियमसनले सर्वाधिक ६७ रन बनाउँदा अब्दुल समदले आक्रामक ३३ रन बनाएका थिए। त्यस्तै मनिष पाण्डेले २१ रन बनाउँदा अन्य ब्याट्समेन जम्न सकेनन्।
हैदराबादलाई लक्ष्यसम्म पुग्न नदिन दिल्लीका लागि कागिसो रवाडाले सर्वाधिक ४ विकेट लिँदा मार्कस स्टोइनिसले ३ विकेट र अक्षर पटेलले १ विकेट लिए।
दिल्ली पहिलो पटक फाइनल पुगेको हो। फाइनलमा दिल्लीले साविक विजेता मुम्बइको सामना गर्नेछ।
