PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

रियल मड्रिडको लज्जास्पद हार



पहिलोपोस्ट

रियल मड्रिडको लज्जास्पद हार

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ। मेस्टल्ला स्टेडियममा भएको खेलमा रियल मड्रिड घरेलु टोली भ्यालेन्सियासँग ४-१ ले पराजित भएको हो।

खेलमा अग्रता भने रियल मड्रिडले बनाएको थियो। खेलको २३ औं मिनेटमा मार्सेलोको पासमा करिम बेञ्जेमाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ३५ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियालाई बराबरीमा ल्याएका थिए।

खेलको ४३ औं मिनेटमा रियलका राफेल भरानेले आत्मघाती गोल गर्न पुगे। पहिलो हाफमा रियल २-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा सोलेरले नै दुई गोल थपे। रियलका मार्सेलोले भ्यालेन्सियाका म्याक्सी गोमेजलाई फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई सहज अवस्था तर्फ डोहोर्‍याए। त्यस्तै आफ्नो ब्यक्तिगत तेस्रो गोल पनि सोलेरले पेनाल्टीमार्फत नै ६३ औं मिनेटमा गरेका थिए।

जितसँगै भ्यालेन्सिया ९ खेलबाट ११ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ। उता ८ खेल खेलेको रियल मड्रिड १६ अंकसहित तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell