PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

वाटकिन्सको दोहोरो गोलमा आर्सनलमाथि एस्टोन भिल्लाको जित



पहिलोपोस्ट

वाटकिन्सको दोहोरो गोलमा आर्सनलमाथि एस्टोन भिल्लाको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल एस्टोन भिल्लासँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली एस्टोन भिल्लासँग ३-० ले पराजित भएको हो।

खेलमा आर्सनलको आत्मघाती गोलबाट भिल्लाले खेलमा अग्रता बनाएको थियो। २५ औं मिनेटमा आर्सनलका बुलकायो साका आत्मघाती गोल गर्न पुगेका थिए। भिल्लाका मार्ट टार्गेटको क्रसलाई आफ्नै पोस्टको दिशा दिन पुगेका थिए। यो सँगै पहिलो हाफमा भिल्ला एक गोलले अघि रह्यो।

दोस्रो हाफमा भिल्लाका ओल्लिइ वाट्किन्सले दुई गोल थपे। उनले खेलको ७२ र ७५ औं मिनेटमा गोल गर्दा भिल्लाले आर्सनलमाथि ३-० को सहज जित निकाल्न सक्यो।

जितसँगै भिल्ला ७ खेलबाट १५ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। उता आर्सनल ८ खेलबाट १२ अंक जोड्दै ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell