काठमाडौंः प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका ९ लामाटार बस्ने गौतम लामालाई नियन्त्रणमा लिएको हो।
लामाले २३ वर्षीया महिलालाई विदेशमा रोजगारी लगाइदिने भन्दै १० वर्षसम्म यौन शोषण गरी दिल्ली हुँदै लेबनान पुर्याएर बेचबिखन गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।
लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
