PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कैलालीमा कोभिड १९ संक्रमित दुई जनाको मृत्यु



पहिलोपोस्ट

कैलालीमा कोभिड १९ संक्रमित दुई जनाको मृत्यु

कैलालीः कैलालीमा कोभिड १९  सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको धनगढीका ८४ वर्षीय पुरुष र होम आइसोलेसनमा बस्दै आएका जिल्लाको टीकापुर नगरपालिकाका ९० वर्षीय पुरुषको मृत्यु भएको हो।

धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान करिब ९ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। २१ गते देखि उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनमा कडा खालको निमोनिया र मिर्गौला सम्बन्धी समस्या भएको अस्पतालले जानकारी दिएको छ।

यस्तै टीकापुर नगरपालिका १ का ९० वर्षीय पुरुषको सोमबार बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार २० गते धनगढीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसिरहेका थिए।

मृतक दुवै जनाको नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell