PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त



पहिलोपोस्ट

विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।

ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।

उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार हिजो बैठकले निर्णय गरे अनुसार शाक्यले आजबाट पदबहाली गरेका हुन्। अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको हो।

‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर उनलाई नियुक्ति दिइएको हो। यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिइएको थियो। प्राधिकरण प्रमुख कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त प्रमुखको भरमा प्राधिकरण चल्दै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell