PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

'नेपाल’ मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन गर्न सुशासन समितिकाे निर्देशन



पहिलोपोस्ट

'नेपाल’ मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन गर्न सुशासन समितिकाे निर्देशन

काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णय फिर्ता गर्न निर्देशन दिएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिकी सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने  बताइन्। त्यसैले निर्णय फिर्ता गर्नुपर्ने भएकाले कार्यान्वयन नगर्न निर्देशन दिइएको उनको भनाइ छ।

उनले भनिन्, ‘सरकारले गरेको निर्णयमा र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको निर्णयमा विभिन्न कुटनीतिक नियोगबाट हुने पत्राचार र सरकारी लिखितहरुमा औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने गरिएकोमा अब उप्रान्त नेपालमा मात्रै लेख्ने भनेर भनेकोमा आवश्यकता भए संसदबाट गर्नुपर्छ । नभए फिर्ता गर्नुपर्छ भन्ने सबै माननीयहरुको भनाई रहेकाले त्यो कार्यान्वयन नगर्न निर्देशन दिइन्छ।’

समितिको निर्णयमा भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना सांसदहरुले फरक मत राखेका छन्। सांसदहरु विजय सुब्बा र नवराज सिलवालले फरक मत राखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell