PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बुटवलमा थप एक संक्रमितको मृत्यु



पहिलोपोस्ट

बुटवलमा थप एक संक्रमितको मृत्यु

काठमाडौं : बुटवलमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानामा बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षका पुरुषको सोमवार बिहान ६:५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

शनिवार अस्पतालमा उपचारका लागि भर्ना भएका उनमा ज्वोरो तथा कलेजो र मृगौलाको समस्या थियो। सोही दिन उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

योसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा ६६ जना संक्रमितको मृत्यु भएको छ। जसमध्ये ५१ जना रुपन्देहीका र १५ जना अन्य जिल्लाका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell