PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रचण्ड पक्षका नेता नगएपछि ओलीसँग नेकपा कार्यदलको भएन छलफल



पहिलोपोस्ट

प्रचण्ड पक्षका नेता नगएपछि ओलीसँग नेकपा कार्यदलको भएन छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट कार्यदलका सदस्यहरू अनुपस्थित भएपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको कार्यदलका सदस्यहरुसँगको बैठक स्थगित भएको छ।

पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएकाे ६ सदस्यीय  कार्यदलका सदस्यहरुलाई ओलीले १२ बजे छलफलाका लागि बोलाएका थिए। छलफलका लागि ओली निकट नेताहरु शंकर पोखरेल, विष्णु पौडेल र माधवकुमार नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए।

तर,प्रचण्ड निकट नेताहरु जनार्दशन शर्मा आइसोलेसनमा भएको र पम्फा भुसाले कार्यव्यस्तता रहेको जानकारी दिएका थिए। भुसालले पहिलोपोस्टसँगको कुराकानीमा कार्यव्यस्तताका कारण जान नपाउने बताएकी थिइन्।

'प्रधानमन्त्रीसँग छलफलका लागि महासचिवले मिलाउनुभएको छ। तर, म जान भ्याउँदिन।'

उता, शर्मा भने नेताहरु बालुवाटार पुग्दा प्रचण्डसँग छलफल गरेको स्रोतले जानकारी दिएको छ। उनीहरुबीच दुई घण्टा लामो कुराकानी भएको थियो।

प्रचण्ड निकट दुई जना नै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै अनौपचारिक छलफल गरेर त्यहाँबाट उठेका थिए। प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईँले कार्यदलका नेताहरु र प्रधानमन्त्रीबीच छलफल नभएको पुष्टि गरे। चार नेताहरुबीच मात्रै छलफल भएको उनले बताए।

नेकपामा विवाद चर्किएपछि साउनमा बनाइएको पूरानै कार्यदललाई पुन: सक्रिय बनाउन खोजिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell